प्रचलित सम्बैधानिक परिभाषा अनुसार खस आर्य भन्नाले बाहुन, क्षेत्री , सन्यासी र ठकुरी पर्दछन् । तर ०६२/६३ काे राजनितिक परिवर्तन सँगै सबैले आफ्नाे पहिचान खाेज्ने क्रममा खस र आर्य अलगहाे भन्ने खससमुदायमा पर्ने क्षेत्री , सन्यासी र ठकुरी मात्र पर्दछन् । शात्रीय मान्यता अनुसार कुल नै वंश हो पनी भनिन्छ । आर्य समुदायमा खासगरी दशैं तिहार लाई मुख्य चाड मानेपनी खसहरुको भने मुख्य त कुल नै ठुलो शक्तीको रुपमा मानेर कुलपुजा गर्ने चलन छ ।
शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ । यस क्रममा शुक्ल यजुर्वेदको वाजसनेय शाखामा ‘ॐ कुलायिनी घृतवती पुरन्धिः’ भनेर कुलायिनी शब्द प्रयोग गरिएको छ पाईन्छ । कुलपुजालाई देवालीको रुपमा राखेर कुलदेवता, इष्टदेवता खास तिथिमा कुल देवताको पुजा गर्न देवाली गर्ने चलन छ ।


देवाली कुलपूजाकै एक अंश भित्र पर्दछ । देवाली परम्परागत रूपमा ज्येष्ठ शुक्ल पूर्णिमा र मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन गर्ने चलन रहेको पाणिनी संस्कृत विद्यालयका प्रध्यापक राजेन्द्र आचार्यले उल्लेख गरेका छन् । वर्षमा यी दुई पक्ष मार्गशीर्ष मंसिर शुक्ल र ज्येष्ठ शुक्ल पक्षमा प्रत्येक वर्ष गोठपूजा गर्ने, कुलका धामीलाई दोपाया–चौपायाको रक्षाका लागि कुलदेवता आह्वान गर्न लगाई धूपध्वाँर, नैवेद्यादिद्वारा खुसी पार्ने र एक वा दुई वर्ष बिराएर तेस्रो वर्षमा देवाली गर्ने गरिन्छ ।
यसर्थ हामी खस समुदायले आफ्नो कुललाई बाचाई राख्न परम्परागत मान्यतालाई चटक्कै विर्सिहाल्नु हुँदैन् । कुलपुजालाई नै पहिलो शक्तीको रुपमा राखेर सँधै चोखो निधो भएर आफ्नो कुललाई बचाउनु तपाई हाम्रो ठुलो धर्म हो ।










