Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेकाे साथलिएर एमसीसि पासगराउने नितिमा देउवा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 29, 2021

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति लिएका हुन् ।

‘एमसीसी देशको हितमा आएको परियोजना हो । यसमा कसैले बिमत्ति राख्नुपर्ने अवस्था नै छैन, यो देशकै हितमा छ । एमालेको अघिल्लो सरकारलेसमेत यसलाई अघि बढाउन चाहेकाले उसको पनि साथ लिने भन्ने हो, त्यहीअनुसार छलफल भइरहेको छ,’ प्रधानमन्त्री देउवानिकट कांग्रेसका एक नेताले भने ।

सरकारका तर्फबाट यसअघि पनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर एमसीसी’ छलफल गरेका थिए ।

यसैगरी, उनले नै एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पनि सो विषयमा छलफल गरेका थिए । अहिले पनि उनले नै यो विषयमा सरकारका तर्फबाट छलफल गरिरहेका छन् । यसैगरी, कांग्रेस नेता मीन विश्वकर्मा र रामहरि खतिवडा पनि एमालेसँग संवादमा छन् ।

तर, एमालेले भने सत्तारूढ दलहरू नै एमसीसीमा एक मत नभएको भन्दै पहिले सत्ता पक्षको स्पष्ट धारणा चाहेको छ ।

‘सत्तारूढ दलको धारणा नै स्पष्ट छैन भन्ने एमालेको भनाइ हो, हाम्रा बीचमा पनि केही कमी कमजोरी छन् यो स्वीकार्नुपर्छ, सबै एक भएर एमसीसी पास हुने अवस्था बन्छ, केही दिन लाग्ला,’ ती नेताले अघि भने ।

सरकारले भने एमसीसीका विषयमा विगतमा अघि बढेका काम र सो अध्ययन गर्न भन्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदललाई थप जिम्मा दिएको छ । सो कार्यदलमा कांग्रेसकातर्फबाट कार्की र माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ छन् ।राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved