Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनयुद्धका ती १९ कमान्डर कहाँ छन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 28, 2021

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १ फागुन २०५२ देखि सशस्त्र ‘जनयुद्ध’को थाल्यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरू अहिले तितरबितर भएका छन् । कोही राज्यपक्षबाट बेपत्ता पारिए भने कोहीले ‘जनयुद्ध’का क्रममा बलिदानी दिए ।

माओवादीबाट विभिन्न समयमा विभाजित भएर आठवटा छुट्टै पार्टी गठन भयो । कतिपय पार्टी अहिले पनि सक्रिय छन् । कतिपय नेताले नेतृत्व गरेको पार्टी अन्य कम्युनिस्ट पार्टीसँग एकीकरण गर्न बाध्य भए । केही नेता माओवादीबाट विद्रोह गरे पनि पुनः माओवादीमै फर्किएको इतिहास छ । विगतमा माओवादी विभाजन मात्रै भएको छैन्, यसबीचमा विभिन्न कम्युनिस्ट विचार बोकेका पार्टीसँग एकीकरणसमेत भएको छ ।

तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सशस्त्र ‘जनयुद्ध’को घोषणा भएको थियो । आज त्यही माओवादी विभिन्न पार्टीसँग एकता गर्दै ‘नेकपा माओवादी केन्द्र’ भएको छ । माओवादी केन्द्रको इतिहास हेर्दा विगतमा विभाजन र एकीकरण उस्ताउस्तै देखिन्छ । कहिले विचार मिल्दा पार्टी एकीकरण भएको देखिन्छ भने कहिले विचार नमिल्दा विभाजन भएको माओवादीको इतिहास लामो रहेको देखिन्छ ।

दाहाल नेतृत्वको त्यही माओवादी केन्द्रले आइतबारदेखि काठमाडौंमा आठौं महाधिवेशन गरिरहेको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका साथै वैचारिक, सैद्धान्तिक विषयमा समेत गम्भीर बहस एवं छलफल थालेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विगतको समीक्षा गर्दै महाधिवेशनले आगामी कार्यदिशा पनि निर्धारण गर्ने बताए ।

‘महाधिवेशनमा हामी नेता मात्रै छान्दैनौं । हामीले विगतको गम्भीर समीक्षा गर्दै आगामी रणनीतिसमेत तय गर्न बहस तथा छलफल गर्नेछौं,’ प्रवक्ता महराले भने ।

सशस्त्र विदोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपता पारिए भने कोही कृषि पेसामा संलग्न छन् ।

‘जनयुद्ध’ घोषणा भएको बेलाका केन्द्रीय समितिमा पुष्पकमल दाहाल, मोहन वैद्य किरण, बाबुराम भट्टराई, स्व।पोष्टबहादुर बोगटी, रामबहादुर थापा बादल, सीपी गजुरेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मातृका यादव, नारायणप्रसाद शर्मा पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र विष्ट, स्व यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने, दिनेश शर्मा र फणीन्द्र आचार्य थिए ।

यी १९ कमान्डरमध्ये आठ जना नेता माओवादी केन्द्रमै छन् । दाहाल अध्यक्ष रहेको माओवादी केन्द्रमा हरिबोल गजुरेल, मातृका यादव, देव गुरुङ, फम्फा भुसाल, फणीन्द्र आचार्य रहेका छन् । अग्निप्रसाद सापकोटा सभामुख अहिले सभामुख छन् । उनी माओवादी केन्द्रबाट सभामुख भएका हुन् । यादव माओवादीबाट विद्रोह गरेर केही समय आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरेर सक्रिय थिए । पछि पुनः माओवादीमै फर्किए ।

मोहन वैद्य किरणले नेकपा क्रान्तिकारी माओवादी पार्टी गठन गरेका छन् । फरक मत राख्दै उनले छुट्टै पार्टी गठन गरेर अध्यक्ष भएका हुन् । वैद्य नेतृत्वको पार्टीमा ती १९ मध्येका हरिभक्त कँडेल प्रवक्ता छन् । सीपी गजुरेल र दिनेश शर्मा सागर पनि वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमै छन् ।

डा। बाबुराम भट्टराईले संविधान घोषणापश्चात् नयाँ शक्ति पार्टी गठन गरे । केही समयपछि उनले संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर अहिले जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षका रूपमा सक्रिय छन् ।

पोष्टबहादुर बोगटीको हृदयाघातका कारण मृत्यु भइसकेको छ भने लोकेन्द्र विष्ट राजनीति छोडेर कृषि पेसामा सक्रिय छन् । नारायणप्रसाद शर्मा माओवादीबाट विद्रोह गरिसकेका छन् । एमसीसी विरोधी अभियानमा सक्रिय शर्मा अहिले छुट्टै राजनीतिक दल गठन गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । बादल र रायमाझी एमालेमा छन् । एमालेको हालै सम्पन्न १०औं महाधिवेशनबाट बादल उपाध्यक्ष र रायमाझी सचिवमा निर्वाचित भइसकेका छन् । यानप्रसाद गौतम राज्यपक्षबाट मारिए भने दण्डपाणि न्यौपाने बेपता पारिएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved