Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

३० वर्षदेखि पार्टी अध्यक्ष ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 26, 2021

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ ।

तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक पहिलो पटक निर्वाचिन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको छ ।
प्रदेश कमिटीको नेतृत्व चयनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आलोचना भएपछि पार्टीले निर्वाचनमार्फत् नै नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको थियो । राष्ट्रिय सम्मेलनलाई माओवादीले नयाँ नेतृत्व चयन, विचार र आगामी भावी कार्यदिशा चयनमा केन्द्रित हुने बताएको छ । सोहीअनुरूप अध्यक्ष प्रचण्डले सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा प्रस्तुत गरिसकेका छन्।

आगामी नेतृत्व चयनको विषयलाई लिएर माओवादीभित्र बहस शुरू भएको छ । अध्यक्ष प्रचण्डलाई चुनौती दिने गरी अध्यक्षमा कुनै पनि नेताले दाबी नगर्ने भएपछि प्रचण्ड पुनः अध्यक्ष हुनुहुने भएको छ ।२०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बनेका उनी २०५१ सालमा आएर माओवादी बनाएयता हालसम्म अध्यक्षको भूमिकामा रहेका छन् । प्रचण्डकै चाहानामा पार्टी अगाडि बढ्दै आएको छ । पार्टीभित्र एकछत्र राज गर्दै आएका प्रचण्डपछि पार्टीको नेतृत्व कसले लिने भन्नेमा धेरै नेताहरूको दौडधुप चलेको छ ।

विशेषगरी अध्यक्षपछि महासचिव पदमा नेताहरूको आँखा परेको छ । कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेललगायतका नेताहरू महासचिव बन्ने दौडमा आन्तरिक गृहकार्यमा जुटेका छन् महासचिवमा प्रत्यासीले अध्यक्ष प्रचण्डसँग लविङ तीव्र बनाएका छन् ।

राष्ट्रिय सम्मेलनमार्फत माओवादीले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेस गर्ने दाबी गरेको छ । शान्ति प्रक्रियामा आएसँगै २०६४ साल माओवादी देशकै ठूलो पार्टी बनेको थियो । तर, २०६४ यताको १६ वर्षको अवधिमा लामै विभाजनको शृंखला चलेको छ । माओवादीले कमजोर अवस्थामा रहेको पार्टीलाई पुनः विचारमा नयाँपन ल्याएर थप बलियो बनाउने नीति लिएको छ ।खुला राजनीतिमा आएपछि माओवादी केन्द्रले २०६४, २०७० र २०७४ सालमा तीनपटक लोकतान्त्रिक निर्वाचन लडिसकेको छ ।

खुला राजनीतिमा आएपछि एक पटकमात्र महाधिवेशन सम्पन्न गरेको माओवादीले पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।माओवादीले २०६९ माघ २० देखि २६ गतेसम्म हेटौंडामा पहिलोपटक महाधिवेशन र त्यसपछि २०७१ वैशाख १८ देखि २३ गतेसम्म विराटनगरमा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो ।उक्त महाधिवेशन र सम्मेलनले सर्वसम्मत रूपमा प्रचण्डलाई अध्यक्षमा चयन गरेको थियो । नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved