Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एलसीमा कडाइको कारण संकटमा अटो व्यवसाय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 22, 2021

काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसी (प्रतीतपत्र) खोल्न ल्याएको नयाँ व्यवस्थाले अटोमोबाइल व्यवसाय संकटमा पर्ने देखिएको छ ।राष्ट्र बैंकले सोमवार निर्देशन जारी गर्दै विद्युतीयबाहेक अन्य सवारीसाधन आयातका लागि खोलिने एलसीका लागि शुरूमै सम्बन्धित व्यवसायीले ५० प्रतिशत नगद राख्नुपर्ने व्यवस्था ग¥यो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापा यो व्यवस्थाले अटो व्यवसायमा निकै दबाब परेको र यसले समस्या निम्त्याउने बताउँछन् ।

उनका अनुसार यो व्यवस्थाबाट अप्रत्यक्ष रूपमा सवारीसाधनको आयात रोक्न खोजिएको देखिन्छ । ‘यो व्यवस्थामा रहेर जस्तोसुकै व्यवसायीले पनि ५० प्रतिशत नगद राखेर एलसी खोल्न सक्दैन, उनले भने, ‘एलसी खोलेको ३ महीनामा गाडी आउँछ । त्यति अवधिसम्म नगद होल्ड गरेर कुनै पनि व्यवसायीले गाडी÷मोटरसाइकल आयात गर्न सक्ने अवस्था देखिँदैन ।’

उनले राष्ट्र बैंकले यो व्यवस्था सच्याउनपर्ने बताएका छन् । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार तोकिएका सामानहरू आयात गर्न आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने हुन्छ । त्यसमा विद्युतीयबाहेकका गाडी र मोटरसाइकल आयातका लागि भने ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ ।

उक्त मार्जिन रकमका लागि बैंकहरूले ऋण दिन नपाउने र मार्जिनबापत जम्मा भएको रकममा ब्याजसमेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । अहिलेसम्म प्रतीतपत्र ९एलसी० खोल्न बैंकहरूले सहजीकरण गरिदिने र ऋण दिने गरेका थिए । यो सुविधा भएकाले नेपालमा सवारीसाधन आयातकर्ता कम्पनीहरूलाई सवारी आयात गर्न सहज थियो । नयाँ व्यवस्थाबाट आर्थिक भार आयात गर्ने कम्पनीलाई नै पर्नेछ । यसले गर्दा समग्र अटोमोबाइल व्यवसायलाई नै समस्या पर्ने अटोमोबाइल व्यवसायीहरूको बुझाइ छ ।

विद्युतीय सवारीसाधन आयात गर्न चाहने व्यवसायीले पहिलेकै व्यवस्थाअनुसार सवारी आयात गर्न सक्नेछन् । चिप र ब्याट्री अभावका कारण गाडी तथा मोटरसाइकल उत्पादक कम्पनीहरूले नै मागअनुसार सवारीसाधन उपलब्ध गराउन नसकिरहेको अवस्थामा नयाँ व्यवस्थाले थप कठिनाइ भएको व्यवसायी बताउँछन् । आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved