काठमाडौं । बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरुहुनेभएको छ। पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको बाताएको छ ।
१२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकाहरु लाई खोप लगाउने सरकारले लक्ष्य लिएको छ । पहिलो चरणमा १७ लाख बालबालिकाहरु लाई लगाउन लागिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकाहरुलाई कोरोनाविरुद्धको मोडर्ना खोप दिने तयारी पूरा भएको बताएका छन् । पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप बालबालिकाहरुलाई लगाइने छ ।











