Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेस महाअधिवेशनः १३४ पदमा ५४८ जनाको उम्मेदवारी, सभापतिमा ६ उम्मेद्वार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 12, 2021

काठमाडौं। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा जारी १४औं महाधिवेशनमा विभिन्न १ सय ३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको जारी महाधिवेशनमा एक सभापति पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको हो । यसैगरी उपसभापति पदमा ७ जना तथा महामन्त्रीमा ६ जनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी ८ सहमहामन्त्री पदमा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको हो । सभापतिमा १३औं महाधिवेशनपछि स्थापित नेता कृष्णप्रसाद सिटौला समूहले भने देउवालाई सघाएको छ । शनिबार देउवा सभापति पदका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न जाँदा सिटौलासँगै गएका थिए ।

यसैगरी उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छेदार उम्मेदवार बनेका छन् । यस्तै कोइरालाको समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिको उम्मेदवार बनेका छन् भने सिंहको समूहबाट नेतृ सुजाता कोइराला सभापतिको उम्मेदवार बनेकी छन् भने निधिको समूहबाट दिवेश्वरी शाह उपसभापतिको उम्मेदवार बनेका छन् ।

यसैगरी नेता महेश अचार्यलेसमेत उपसभापतिमा उम्मेदवारी दिएका छन् । तर, उनी कतै पनि खुलेका छैनन् । कांग्रेस विधानमा दुई उपसभापति निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । यसैगरी दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । संस्थापन समूहबाट डा प्रकाशशरण महत र युवा नेता प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार बनेका छन् । पौडेल सिटौला समूहबाट देउवा टिममा परेका हुन् ।

यसैगरी कोइरालाको समूहबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बनेका छन् भने सिंहको समूहबाट विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार बनेका छन् । यस्तै निधिको समूहबाट डा। राजाराम कार्कीले महामन्त्रीको उम्मेदवारी दिएका छन् ।
यसैगरी विभिन्न आठवटा क्लस्टरबाट छानिने ८ जना सहमहामन्त्रीका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

देउवा समूहबाट महिला सहमहामन्त्री पदमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आंदाम्बे, दलित सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मधेशी सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारु सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाहीलाई उम्मेदवार बनेका छन् ।

यसैगरी कोइराला समूहबाट ८ सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारुतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खसआर्यतर्फ देवराज चालिसे र अल्पसंख्यकतर्फ बद्री पाण्डेले उम्मेदवारी दिएका छन् । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved