Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नयाँ नेतृत्वका लागि दुई नाडामा प्यानलबीच कडा प्रतिस्पर्धा हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 7, 2021

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् ।

नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका लागि अर्का प्रतिस्पर्धी ध्रुव थापा नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् ।

ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायी छन् । थापालाई साना व्यवसायीको साथ छ । अहिले दुवै समूह चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् ।

त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिका लागि आफूहरू तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार÷प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए ।

खासगरी चौधरी आफ्नै नेटवर्क भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था छ । हाल नाडामा रहेका धेरै पदाधिकारीले पनि चौधरीलाई साथ दिने देखिएको छ । नाडाका सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरीलगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाउने भएका छन् ।

यस्तै मोफसलबाट व्यवसाय गर्दै आएका अध्यक्षका अर्का दाबेदार ध्रुव थापालाई सानादेखि ठूला व्यवसायीको साथ र समर्थन छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनको प्यानलमा छन् । उनी नेपालका लागि फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् ।

यसैगरी नेपाल रिकन्डिसन एशोसिएशनका अध्यक्ष बीएन पाठक, सत्यदीप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको प्यानलमा समेटिएका छन् । थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन छ ।

नाडाका ३ हजार ३ सय ६५ जना सदस्य छन् । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार आठ संस्थागत एशोसिएशनका अध्यक्षले केन्द्रीय कार्यसमितिमा स्वतः प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved