Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘जोवन बैना देउ’ र उपन्यास ‘पीडाको पोखरी’ बिमोचन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 5, 2021

काठमाडौं। कुमारी बाँठा मगर (मनु)द्वारा लिखित उपन्यास ‘पीडाको पोखरी’ र गीति एल्बम ‘जोवन बैना देउ’ दुई कृति एकै साथ बिमोचन भएको छ । उपन्यसका सम्पादक गोबिन्द कँडेल ‘आँसु’को शभापतित्व र राष्ट्रिय गानको रचनाकार प्रदीप कुमार राई ‘ब्याकुल माईला’को प्रमुख आतिथ्यमा उक्त कृति विमोचन भएको थियो ।

 

उपन्यास लेख्नु आफैंमा एक गहनकार्य भएको त्यो माथि पनि यति सरल भाषामा लेख्न सक्नु महान कार्य हो भन्दै सबै बक्ताहरुले रचनाकारको तारिफ गरेका थिए । कार्यक्रममा गीति एल्बम ‘जोवन बैना देउ’बारे बोल्दै संजोग लाफा मगरले वास्ताविक कौडा गीतलाई तोडमोड गरेर दोहोरी जस्तो बनाउने कार्यले कौडा गीत माथि अन्याय भईरहेकोले त्यसमा ध्यान पुर्याउन सर्जक र एल्बम निर्माण पक्षलाई सजग गराएका थिए ।

कार्यक्रममा विशेष अतिथि चर्चित समालोचकद्वय राजकुमार बानियाँ र महेश पौडेलले पुस्तकको बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै समालोचकद्वयले उपन्यासको रचनाकार कुमारी बाँठा मगर (मनु)को खुलेर प्रसंसा गरेका थिए । वास्ताविक घटनालाई देखेर नै लेखे झैं गरी सामान्य मानिसले समेत बुझ्ने भाषामा लेखिएको यो उपन्यासका पात्रहरुलाई पनि सही ठाउँमा उभ्याएर सामाजिक अवस्थाको चित्रण गर्न सक्नुले रचनाकारको असाधरण क्षमताको प्रष्फुटन भएको पाईएको समाचोलकद्वयले बताए ।

 

गायक तथा संगीतकार योगेश काजी शाहले लोक संस्कृतिको संरक्षणले मात्रै कलाकारलाई वास्ताविक परिचय गराउने महसुस भएपछि आफुपनि पप गीतबाट लोक गीततिर आएको बताए । प्रमुख अतिथि ब्याकुल माईलाले आफ्नो संस्कृतिभन्दा ठुलो अरु हुनै नसक्ने भन्दै यसलाई जोगाएर राख्न लागिपर्ने सबै सर्जक र कलाकारलाई सदैब सम्मान गर्ने बताए । आधुनिकताको जगमा भुल्दै गएको संस्कृतिलाई जोगाउन नयाँ पूस्तालाई प्रशिक्षित गराउनु हामी सबैको दायित्व भएको उनले बताए ।

 

कार्यक्रममा कुमारी बाँठा मगर (मनु)को शब्दमा दुर्लभ जेठामान र तारा श्रीषको स्वर रहेको गीति एल्बम ‘जोवन बैना देउ’को पनि बिमोचन भएको थियो । गुडलक नेपालको अफिसियल युट्युब च्यानल मार्फत दर्शकमा ल्याईएको सो गीतमा अनुप राना, प्रिया घर्तीमगर र अन्जली गुरुङको अभिनय रहेको छ भने नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved