Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कसरी हुँदै छ त एमाले महाधिवेशनकाे उद्घाटन ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 26, 2021

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ।

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

‘पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुनेछन्’, महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले बिहीबार पत्रकार भेटघाटमा भने, ‘नारायणी नदी किनारमा शुक्रबार मानव सागर उर्लनेछ ।’ उनका अनुसार महाधिवेशन उद्घाटनअघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्‍याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भ गरेर ल्याएको छ।

भरतपुर बजार क्षेत्रमा सडकका डिभाइडरमा पनि झन्डा टाँगिएका छन्। बन्दसत्र स्थल सौराह पनि झकिझकाउ पारिएको छ। होटलमा चहलपहल बढेको छ। महाधिवेशनमा सहभागी हुन आएका नेता–कार्यकर्ताको चापका कारण सवारी व्यवस्थापन गर्न प्रहरीलाई परेको छ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापासहित अन्य दलका नेता आउने एमालेले जनाएको छ।

महाधिवेशनमा नेकपा एकीकृत समाजवादीलाई भने निम्तो नदिइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए। उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाइएको तर आउनेनआउने निश्चित नभएको बताए।

उद्घाटन स्थलमा करिब पाँच सय जना अट्ने मञ्च तयार गरिएको छ। निकै आकर्षक रूपमा सिंगारिएको मञ्चको तस्बिर खिच्न बिहीबार बिहानैदेखि एमाले नेता–कार्यकर्ताको घुइँचो लागेको छ। मञ्चमा हुने गतिविधि हेर्न मिल्नेगरी उद्घाटन स्थल नारायणी किनार आसपास डिस्प्ले बोर्ड राखिएका छन्।

सबैजनाले उद्घाटन स्थलमा पुगेर कार्यक्रम हेर्न नसक्ने भएकाले गैंडाकोट र नारायणगढ बजारका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखेर उद्घाटन सत्रका कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको भट्टराईले बताए। उद्घाटन स्थलमा सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ। उद्घाटन स्थलमा पाँच हजार स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ। उनीहरू सडक र मञ्च आसपास आवश्यक व्यवस्थापनमा खटिनेछन्।

महाधिवेशन बन्द सत्रमा मनोनीत एक सय ६ सहित दुई हजार एक सय ७५ जनाप्रतिनिधि सहभागी हुनेछन्। एक सय तीनजना पर्यवेक्षक पनि सहभागी हुनेछन्। महाधिवेशनमा विभिन्न देशका प्रतिनिधि पनि आउनेछन्। सफलताको कामनासहित चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आइसकेको भट्टराईले बताए।

‘महाधिवेशनमा सहभागी हुने प्रतिनिधि र पर्यवेक्षकका लागि दुई साताअघि नै तीन हजार पाँच सय बेड रिजर्भ गरेका छौं’,आवास संयोजक कृष्णभक्त पोखरेलले भने। सबै तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले महाधिवेशनमा सहभागीलाई आवासको कुनै समस्या नहुने बताए।

बन्द सत्रका लागि मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको र अन्य प्राविधिक काम ९० प्रतिशतभन्दा बढी सकिएको उनले बताए। ‘बिहीबारदेखि नै हामीले शीर्ष नेताहरूलाई होटल व्यवस्थापन गरेका छौं’, उनले भने। प्रतिनिधिहरूका लागि भने शुक्रबारदेखि मात्रै आवासको व्यवस्था गरिएको छ।

बन्द सत्र शनिबार बिहान ८ः३० बजे सुरु हुने उनले बताए। बन्द सत्रमा पनि अध्यक्ष ओली र केही विदेशी पाहुनाले स्वागत सम्बोधन गर्ने तय भएको छ। शनिबार साँझ ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भट्टराईले बताए। उनले महाधिवेशनपछि एमालेले पार्टीलाई स्थानीय, प्रदेश र संघीय चुनावमा केन्द्रित गराउने बताए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved