राष्ट्र , राष्ट्रियता अनि नेपाल र नेपाली त्यसछि आाफ्नाे समुदाय र आा-आफनाे धर्म, दुई ढुँगाबिचकाे तरुल सरह बडेमानकाे छिमेकिकाे इच्छयाले बचाईएकाे देस नेपाल। अनेकौं बाहानामा यहाका नागरिक थिचिएकाे र पेलिएकाे छ, किन भने हामिमा एकता नभएकै कारण।दुईतिहाई सहितकाे कम्युनिष्ट सरकारकाे बहिर्गमन पनि यहि देसमा देखियाे तयाे पनि आन्तरिक बेमेलताकाे कारण त्यसकाे असर भने निमुखा नागरिकले भाेगि रहेकाे अवस्था छ।


पेट्रोलियम पदार्थ देखि दैनिक उपभाेग्यका सामग्रिमाथिकाे महँगिने नागरिककाे ढाड सेकिएकाे अवस्था सर्वब्यतितनै छ, भ्रष्टहरु रात दाेगुणा दिन चाैगुणा धनाढ्यकाे सुचिमा उकालाे चढिरहेकाे अवस्थामा नागरिक के का लागि?? सबैकाे चुनावि नारा भने दुरुस्तै बन्छ अनि चुनावपछि ब्यबहारपनि उस्तै बनिरहेकाे उदाहरणहरुलाई देख्दा आगामि चुनावमा भाेट के मा हाल्ने? नागरिककाे मन मनमा याे प्रस्न जाग्न जरुरि देखिन्छ।
समुदाय बचाउन उद्दत ती लिडरहरु जाे यजेण्डा एकै भएता पनि पद र शक्ति बाँडफाँडको बाहानामा समुदायलाई घुम्रहामा राखेर राजनिति दाउ लगाउनेहरुकाे पनि कमि भने याे देसमा छैन। यसैकाे एक गतिलाे उदाहरण हाे ख्रीष्टियन समुदाय: २०६४ साल यताकाे उतारचढावलाई नियाल्दा यति सानाे संख्यामा रहेकाे समुदायमा ८ वटा पार्टीहरु दर्ता छन् तर समुदायकाे समस्या जिउँका तिउँ छ।
यति कि याे देसकाे नागरिकता बाेकेर बाचेकाे एउटा ख्रीष्टियन नागरिकलाई दफनकाे निम्ति सरकारले जमिन दिन्न , तर पनि समुदायका ती ८ पार्टीहरु माखाे मार्न सक्दैन,, समुदायमा एकता नहुँदा अल्पसंखिक समुदाय बाट अघि सरेकाे नेताहरु आज अलग कार्यक्रमकाे आयाेजना गरिँदै छ तर एजेण्डा भने हुबहु उस्तै , यहाँबाट प्रष्ट हुन सकिन्छ कि यहाँ कति मिलाप छ? समुदायकाे कान्छाे पार्टीले माेटरसाइकल र्यालि सहित सरकारद्वारा गरियकाे महँगि बृद्दि,धार्मिक सवतन्त्रता लगाएतकाे मुद्दलिएर खबरदारि गर्दै छन् भने उता माननीय समेत प्राप्त गरेकाे समुदायकाे साईलाे पार्टी जनजागरण ले माईतिघर मण्डलामा आमसभाकाे आयाेजना गरेकाे छ।
तर, बिराेध गर्नै शैली फरक भएतापनि वास्तविक बिषयबस्तु यउटै छ, किन भने उनिहरु आ-आफ्नाे समुहकाे संख्या प्रदर्शन गर्दै छन् भनेर बुझ्न सजिलाे छ। अन्यथा उहीँ समुदाय, उहीँ चुनावि घाेषणा पत्र उस्तै , उहीँ बिषयबस्तुमा खबरदारि यी सब के का लागि त? सबै पद र पैसाकै लागि त हैन? समुदायभित्रकाे नागरिककाे प्रस्न।
कसैले कसैलाई हाेच्याउनु भन्दा हाेचियकाे समुदाय एकीकृत भए साच्चिनै नीति निर्माण देखि राषट्र निर्माणमा याे समुदायकाे निर्णायक भाेट छ, तसर्थ अन्य राष्टरिय मुलधारकाे राजनितिक पार्टीहरुले ख्रीष्टियन समुदायमा नयाँ नयाँ पार्टीकाे जन्म गराउँछ। तर यसबाट समुदायकाे नागरिकहरुभने राज्यकाे सानाे सुबिधाबाट पनि बञ्चि त छ।
समुदायमा एकता हुँदाेहाे त धर्म निरपेक्ष घाेषित राष्ट्रमा धर्म प्रचारकाे दाेषमा धर्मगुरु पक्राउ पर्थ्याे? बर्षमा एक पटक आउने समुदायकाे महान चाड ख्रीष्टमसमा सरकारले बिदा दिन्न थियाे हाेला त? राज्यले कुनै समुदायलाई सत्रुकाे नजरले हेरेकाे छैन, पाउने सेवा सुविधा दिन चाहन्छ चाहे त्याे धार्मिक समुदाय या जातिय र बर्गिय तर सबैमा एकता छैन राज्यले दिन्छु भनेकाे सुविधालिन समुदाय वा बर्गिय समुदायबाट प्रतिनिधि एकहुन जरुरि छ,, तर हाम्राे समुदायमा भने दर्जनाैँ संघ संस्थाहरु भएकाे कारण सरकार आफै अलमलमा परेर दिन असमर्थ छ। पहिला आफुमा एकता हुन सिके मात्र समुदायकालागि केही गर्न सकिन्छ भन्ने ज्ञान कहिले आउने? केही दिन सिकाैँ , लिन त केवल माग्नेले पनि जानेकाे हुन्छ, धर्म शास्त्र के भन्छ ?” देउ त तिमिहरुलाई दिईने छ” तर दिँदा पनि धर्म शास्त्र के भन्छ? ” दायाँ हातले दिएकाे बायाँ हातले चाल न पावस”










