Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 22, 2021

काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला अघि बढेका छन् ।

कतिपय नेताहरूले त सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरु गर्दै आइसकेका छन् । कतिपय आन्तरिक रूपमा भेटघाटका लागि दौडाहामा छन् । कांग्रेस विधानमा सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि हार्नेमध्ये दोस्रो बढी मत ल्याउने व्यक्ति मात्रै सम्बन्धित कार्यसमितिको सदस्य हुन्छन् । दोस्रो मत नपाए अन्य उम्मेदवारहरू त्यो कार्यसमितिको कार्यकालभर कार्यसमिति बाहिरै बस्नुपर्छ ।

‘पार्टीका सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ,’ कांग्रेस विधानमा उल्लेख छ ।

कांग्रेस विधानको परिच्छेद १० अन्तर्गत केन्द्रीय विभागसम्बन्धी व्यवस्थाको विभागहरूको काम, कर्तव्य र अधिकारअन्तर्गत ६५ नम्बर बुँदामा सोसम्बन्धी स्पष्ट व्यवस्था उल्लेख छ । कांग्रेस नेता मीन विश्वकर्माले विधानमा उल्लेख भएअनुसार सभापतिपछि दोस्रो मत ल्याउने नेता मात्रै केन्द्रीय समितिमा सदस्यका रूपमा रहने प्रस्ट व्यवस्था रहेको बताए ।

‘विधानमा नै प्रस्ट छ, सभापतिपछिको दोस्रो बढी मत ल्याउने नेताको मात्रै केन्द्रीय समितिमा प्रतिनिधित्व हुन्छ, बाँकीलाई के गर्ने? भन्ने विधानमा व्यवस्था छैन । सभापतिले चाहँदा मनोनीत हुने ठाउँ रहन्छ । नत्र त्यो कार्यकालभर केन्द्रीय समिति बाहिरै बस्ने हो,’ नेता विश्वकर्माले भने ।

विधानअनुसार हेर्ने हो भने आगामी महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिने नेताहरू महाधिवेशनमा दोस्रो नम्बरमा नपरे केन्द्रीय समितिबाटै ‘रिङ आउट’ हुनेछन् ।

कांग्रेस नेता भीमसेनदास प्रधान भने व्यावहारिक रूपमा निर्वाचित सभापतिले चाहे भने हार्ने उम्मेदवारहरूलाई निगाहामा मनोनीत गरेर केन्द्रीय समितिमा ल्याउन सक्ने बताउँछन् । उनका अनुसार त्यो सभापतिको चाहनामा भर पर्छ । विधानमा भने त्यस्तो व्यवस्था छैन ।

विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय सभापतिका लागि मैदानमा उत्रिएकाहरू साँच्चै सभापतिमा भिड्छन् वा ब्याक हुन्छन् भन्ने प्रश्न अब देखिँदै जानेछ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved