Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अपरेटिङ सिस्टम नेपालमै बनाउनेमा जुटे नेपाली वैज्ञानिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 19, 2021

काठमाडौं। अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।

सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा तल्लीन छन् ।

जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट–१’ निर्माण गरी अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । यसपटक नेपाली इन्जिनियरले नेपालमा भूउपग्रहको प्रारूप बनाइसकेका छन् । यसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)मा लगेर भूउपग्रह निर्माणसम्बन्धी विभिन्न परीक्षण गरिएको छ ।

नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले भने, “यस परीक्षणबाट हामीलाई निकै सफलता हात परेको छ ।” विदेशको प्लेटफर्म प्रयोग गरेर भए पनि नेपालीले भूउपग्रह निर्माण गरिसकेको स्मरण गर्दै प्रवक्ता ढुङ्गेलले भने, “नेपालमै स्याटेलाइट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन यो परियोजना सुरु गरेका हौँ ।” उनले भने, “स्याटेलाइटको अपरेटिङ सिस्टम नेपालमै पनि बनाउन सकिन्छ कि भनेर अनुसन्धान गर्दैछौँ । अपरेटिङ सिस्टम बनाउन सफल भएमा यसले भूउपग्रह बनाउन लाग्ने ६० प्रतिशत समय र लागत घटाउँछ ।”

डा मास्केका अनुसार स्याटेलाइट सिस्टम अन चिप मिसनलाई पनि नास्टले अगाडि बढाएको छ । यसमा सम्पूर्ण सिस्टम एउटै चिपमा बन्छ, एउटै माइक्रो चिपले सम्पूर्ण स्याटेलाइटलाई सञ्चालन गर्न सक्छ । वैज्ञानिक डा मास्केले भने, “यो कामका लागि हामीले एउटा यस्तो चिप भेट्टाएका छौँ, जसको विभिन्न तहको परीक्षणमा जुटेका छौँ ।”

डा मास्केका अनुसार यस मिसनअन्तर्गतको स्याटेलाइटको प्लेलोड बोर्ड (पीसीबी) नेपालमै निर्माण गरिने छ । यस पीसीबीमा पीएक्स–४ अपरेटिङ सिस्टम मिसन, स्याटेलाइट सिस्टम अन चिप मिसन र ग्राउन्ड सेन्सर टर्मिनल मिसन फर ग्ल्यासिर लेक आउटब्रस्ट फ्लड (जीएलओएफ) मोनिटरिङ रहने छन् । यो व्यावसायिक स्याटेलाइटभन्दा अनुसन्धानात्मक क्षेत्रमा उपयोग हुने खालको स्याटेलाइट भएको डा मास्केले बताएको छ । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved