दसैँ गाउँमै मनायौ,
तिहार कता मनाउँछौ।
नेपाल संवत् काठमाडौ मा मनाऔँला,
छठ मान्न तराई झरौँला।
साकेला नाच्न खोटाङको बुइपा जाऔँला,
खुकुरिको पहिचान हेर्न भोजपुर पुगौँला।
ऐतिहासिक ओखल हेर्न ओखलढुँगा पुगेर,
हलेसिको दर्शन गरी सुनकोसिको माछा खान घुर्मिमा बास बसौँला।

गोर्खाको मनकामना दर्शन गरि सुन्तला छोडाउँला,
सहिदको संझनामा दासढुँगामा मनद आश्रितलाई भेटि।
मलेखुमा आराम गर्दै मिठो सपना देखौँला,
सुरुङमार्ग निरिक्षण गर्दै त्रिभुवनलाई माला लगाई कान्तिपुरमै रमाऔँला।
– उमेश भुजेल,खाेटाङ










