Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दशैँकाे १० महत्व ( सुचिसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 16, 2021

दिनेश भुषाल। यतिबेला हामी सबै हिन्दु नेपालीले हर्ष र उल्लासको पर्व विजया दशमी धुमधामका साथ मनाईरहेका छौं। यो पर्व हिन्दु धर्मावलम्बीहरूको विशेष पर्व भएता पनि यसको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्व अन्य धर्मावलम्बीहरूका लागि पनि उत्तिकै रहेको छ । मिठो खाने, राम्रो लाउने, आशिर्वाद थाप्ने र सद्भाव बाँड्ने पर्वको रूपमा रहेको यो केवल धार्मिक साँस्कृतिक पर्व मात्रै नभई यसका बहुआयामिक विशेषताहरू रहेका छन् ।

१. मातृ प्रधान्यता

आसुरी शक्तिमाथि दैवी शक्तिको जितको खुसीयालीमा मनाउन सुरू गरिएको यो पर्व मातृप्रधान पर्व हो । देवता तथा मानव जातिको रक्षार्थ असुर जातिको बध गर्ने दुर्गा भवानीका नौ स्वरूपहरूको पुजा, आराधना र उपासना गरिने यस पर्वले मातृ शक्तिको गरिमा अभिवृद्धि गर्दछ । यस पर्वले महिलामाथि गरिने विभेद र हिंसालाई निरुत्साहित गर्न र स्त्री शक्तिको प्रधान्यतालाई आत्मसात गर्न प्रेरणा प्रदान गर्दछ ।

२. टिका, जमरा र आर्शिवाद

नवरात्र पुजाविधिमा एउटा मन्त्र छ- जगतः प्राणरक्षार्थ ब्रह्मणा निर्मितं पुरारउमाप्रीतिकर धान्यं तस्माद्रक्षतु सर्वदा । जसको अर्थ हुन्छ: विश्वका मानव मात्रको प्राण रक्षार्थ ब्रह्माजीद्वारा निर्मित धान्यं अर्थात् धन जो देवी लक्ष्मीको अति प्रिय वस्तु रहेको छ, यसले सबैको रक्षा गरोस् ।

त्यसैगरी उच्च औषधीय महत्व बोकेको अन्नहरूको राजा भनिने जौको जमराको पनि विशिष्ट महत्व रहेको छ । जौ र जमराको समुचित प्रयोगले मुटु, फोक्सो र मृगौला रोग अनि क्यान्सर समेतबाट बचाउने अनुसन्धानहरूले देखाएका छन् । मंगल कामनाले मानसिक स्फूर्ति प्रदान गर्दछ । दशैंका अवसरमा प्रदान गरिने आशिर्वाद वैदिक मन्त्र तथा लौकिक श्लोकहरूले विशिष्ट अर्थ राख्दछन् ।

आयुद्र्रोणसुते श्रीय दशरथे शत्रुक्षयं राघवे । एैश्वर्य नहुशे गतिश्च पवने … ,
श्रीर्वचश्व–मायूश्य मारोग्य माविधाच्टछाच्छेभमानं …

जयन्ती मगलाकाली भद्रकाली कपालीनी…आदि मन्त्रहरूले टिका ग्रहणकर्ताको शय,आयू आरोग्य,धन धान्य,सन्तान, शमृद्धि रअसल मनोकांक्षा पुर्तिको कामना गर्दछन्।

यसरी अति महत्वपूर्ण खाद्यान्नको रूपमा रहेको धानवाट निर्मित चामल देवीलाई चढाउने र प्रसादको रूपमा जमरा र मान्यजनहरूको आर्शिवादसहित टिकाको रूपमा लगाउँदा अक्षय समृद्धि, प्रतिष्ठा, सन्तति र आरोग्य प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ । यसरी टिका, जमरा र आशिर्वाद विजया दशमीको सबैभन्दा महत्वपूर्ण पक्ष हुन् ।

३. पारिवारिक सद्भाव

परिवारका सवै सदस्यहरू एकैठाउँमा भेला भई मिठो खाने र सुखदुःख साटासाट गर्ने यो पर्वले नेपाली समाजमा पारिवारिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

काम विशेषले विछोडिएका परिवारहरूलाई अनि विविध कारणले पारस्परिक सम्बन्ध चिसो भएका परिवारका सदस्यहरूलाई समेत एकै ठाउँमा ल्याएर तितो पीरो बिर्सन समेत यो पर्वले प्रेरित गर्दछ ।

यस पर्वले छोरा छोरी, ज्वाँइचेला, भाञ्जाभाञ्जी सबैलाई वर्षको एकपटक भेटघाट हुने सुनौलो अवसर सिर्जना गर्दछ । धेरै हदसम्म परिवारका सदस्यहरूको आर्थिक लेनदेन र अंशवण्डा समेत यसै अवसरमा हुने गरेको छ ।

४. मिठो खाना, राम्रो नाना

आर्थिक रूपमा विपन्न परिवारहरूले समेत यस पर्वको अवसरमा मिठो मसिनो खाने र नयाँ कपडा किन्ने गर्दछन् । मांशाहारी परिवारमा मासुजन्य परिकार र शाकाहारी परिवारहरूमा दुग्धजन्य परिकार र फलफूलको उपभोग गर्ने प्रचलन रहेको छ ।

नवविवाहित केटाको घरमा गाउँभरिबाट दूध उठाएर कुराउनी पकाउने र ससुराली केरा कुराउनी लैजाने प्रचलन भने आजभोलि हराउँदै गएको छ ।

नेपाली बजारमा हुने वार्षिक कारोबारको झण्डै चालीस प्रतिशत कारोबार दशैं र तिहारका समयमा हुने गरेको तथ्य सम्बन्धित निकायले सार्वजनिक गरेको छ ।

५. सरसफाई

घरहरूलाई कमेरो र गेरु माटोले लिपेर टिलिक्क टल्काउने पुरानो प्रचलन भने आधुनिक घर निर्माण हुन थालेसँगै हराउँदै जान थालेको छ । तापनि घरहरूमा रङ्गरोगन गर्ने र बाटोघाटो सरसफाई गरी गाउँ र बस्तीहरू चिटिक्क पार्ने प्रचलन रहेको छ ।

६. पुनर्मिलन

अध्ययन तथा कामको शिलशिलामा गाउँ छाडेर अन्यत्रै गएकाहरू गाउँ फर्किएसँगै पुनर्मिलन तथा शुभकामना आदानप्रदानका कार्यक्रमहरू आयोजना हुने गर्दछन् । यस्ता कार्यक्रमहरूले स्थानीय सरोकारवालाहरूबीच आत्मियता र सहकार्यको प्रवर्द्धन गर्दछन् ।

७. सामाजिक विकास

गाउँबाट बाहिर गएर दशैंमा गाउँ फर्किएका अधिकांश मानिसहरूले आर्थिक तथा शैक्षिक रूपमा राम्रै प्रगति गरेका हुन्छन् । उनीहरूबाट गाउँमै बस्ने मानिसहरूले व्यक्तिगत तथा सामूहिक विकासका लागि विविध सहयोग प्राप्त गर्दछन् ।

उनीहरूका बीचमा हुने भेटघाट तथा पुनर्मिलनका कार्यक्रमहरूमा केवल सञ्चो बिसञ्चोका कुराहरू मात्रै हुँदैनन्, सामाजिक विकासका योजनाहरू कोर्ने तथा सम्भाव्य आर्थिक स्रोतको पहिचान गरी कतिपय योजनाहरू कार्यान्वयन गर्ने आधारहरू समेत तयार गरिने हुँदा दशैंको सामाजिक विकाससँग समेत गहिरो सबन्ध रहेको छ ।

८. पिङ, खेलकुद तथा सांस्कृतिक कार्यक्रम

विजया दशमीको अर्को उल्लेख्य पक्ष यस अवसरमा खेलिने पिङ पनि हो । विगतमा लिङ्खे पिङ, चर्खे पिङ तथा घुम्ने पिङ खेलिने भएता पनि आजभोलि विस्तारै पिङ संस्कृति लोप हुँदै गइरहेको देखिन्छ । बरु यस अवसरमा भलिबल, फुटबल ब्याडमिण्टन आदि प्रतियोगितात्मक खेलकुद कार्यक्रमहरू आयोजना हुन थालेका छन् ।
नेपाली गीत–संङ्गीत बजारका अधिकांश पुराना हस्तीहरूको साङ्गीतिक क्यरियर दशैंका अवसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रमहरू नै हुने गर्दथे । गाउँभरिका किशोरकिशोरी जम्मा भएर आफैंले सिर्जना गरेका गीतहरूमा आफैंले धुन भर्ने र रातभरि अनेकौं प्रहसनका साथ प्रस्तुत गरिने ग्रामीण रङ्गमञ्चहरू आजभोलि भने देख्नै नपाइने भैसक्यो ।

९. अर्थतन्त्रमा गतिशीलता

नेपाली बजारमा हुने वार्षिक कारोबारको झण्डै चालीस प्रतिशत कारोबार दशैं र तिहारका समयमा हुने गरेको तथ्य सम्बन्धित निकायले सार्वजनिक गरेको छ ।

१०. बली पुजा

अधिकांश शास्त्र विशारदहरू बली प्रथालाई हिन्दु धर्मको विकृत पक्षको रूपमा चित्रण गर्दछन् । वेद नै हिन्दु धर्मको प्रमुख आधार हो तर वेदले प्राणी हत्यालाई स्वीकृति दिँदैन ।

इममूर्णायुं वरुणस्य नाभिं त्वचं पशूनां द्विपदां चतुष्पदाम्।
त्वष्टुस् प्रजानां प्रथमं जानिन्नमग्ने मा हिश्सी परमे व्योम ।।

उन जस्तो रौं भएको बाख्रा, उँट आदि चौपाया र दुई खुट्टा भएका पंक्षीहरू नमार । यजुर्वेद (१३-५०)

अहिंसा परमो धर्मको मान्यतामा विकसित हिन्दु धर्मले सबै प्राणीहरूलाई ईश्वरको सन्तानको रूपमा स्वीकार गर्दछ । देवी दुर्गालाई जगत जननी माताको रूपमा उपासना गरिने यस पर्वमा उनकै सर्वश्रेष्ठ सन्तान मानिसले उनकै अर्को कमजोर प्राणीको हत्या गर्दा कसरी उनी प्रसन्न हुन सक्लिन् र ?

के एउटी आमा आफ्नो बलियो छोराले अर्को कमजोर छोरालाई अत्याचार गरेको हेरेर खुसी हुन सक्छिन् ? विवेकशील मानिसले विचार गर्ने की ?

अन्त्यमा, बडा दशैंको सामाजिक, साँस्कृतिक तथा आर्थिक महत्वको थप प्रवद्र्धन गर्न अनि कोरोनाबाट थला परेको पर्यटन व्यावसायको पुनरुत्थानका लागि समेत दशैंका अवसरमा दिइएको सार्वजनिक विदाको अवधि थप गर्नु अत्यावश्यक देखिन्छ ।online khabar बाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

बेहाेस भएका मतदान अधिकृतकाे मृत्यु

  • March 3, 2026

चाँगुनारायण कार दुर्घटना अपडेट: सवार पाँच मध्य तिनकाे मृत्यु

  • March 3, 2026

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved