आजबाट लगाइँदैछ जोन्सन एण्ड जोन्सनको कोरोना खोप,खोप केन्द्रको नामावली ( तार्केस्वोर नगरको सहित )

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज […]

६४ लाख डोज खोप आउँदैछ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो । सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज […]

आज २ हजार १ सय ६४ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ हजार १ सय ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३० हजार ४ सय ७ जना […]

भोलिदेखि शिक्षक, चालक/सहचालकले पनि खोप पाउने (यस्ताे छ उमेर समूह)

काठमाण्डाै – सरकारले भोलि मङ्गलवारदेखि शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याएको जोनसन एन्ड जोनसन खोप भोलिदेखि पहिलो मात्रा (जाेनसन एन्ड जाेनसन खाेप चाहिँ एक मात्राले हुने) का रूपमा लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५५ वर्ष र त्योभन्दा […]

अमेरिकाले दिएको १५ लाख मात्रा खोप क-कसकालागि ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार बसेको बैठकले जोन्सन खोप पाउने प्राथमिकता […]

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप आज नेपाल आइपुग्दै

काठमाडौँ– अमेरिकाले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख बढी डोज खोप आज नेपाल आइपुग्ने भएको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको र सोमबार बिहान नेपाल आइपुग्ने जनाइएको हो । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताए। राजदूत […]

चीनसँग खरिद गरेको भेरोसेल खोप ५५ वर्ष उमेर समूहलाई

काठमाडौं, चीनसँग खरिद गरिएको आठ लाख नौ हजार छ सय मात्रा कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट नेपाल सरकारले खरिद गरेको खोपमध्ये पहिलो चरणमा आठ लाखभन्दा बढी खोप आएको जानकारी दिए। चीनको राजधानी बेइजिङबाट खोप लिएर नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार बिहान साढे ६ बजे काठमाडौँ अवतरण […]

आज १,३१६ जना कोरोना सङ्क्रमणमुक्त

नेपालमा थप २,२३९ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ। पछिल्लो २४ घण्टामा ११,३१३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,६५६ परीक्षण एन्टिजन विधिबाट गरिएको हो। कुल परीक्षणको १९.७९ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ। सो अवधिमा १,३१६ जना सङ्क्रमणमुक्त भएपछि […]

इलाममा कोरोना सङ्क्रमणका कारण एकै दिन श्रीमान् श्रीमतीको मृत्यु

  इलाम । असार २५ कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना […]

सरकारले खरिद गरेकाे ८ लाख चिनियाँ खोप नेपाल आइपुग्यो

काठमाण्डाै । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो। खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर […]