खोप लगाउनेहरुको सङ्ख्या झन्डै दोब्बर वृद्धि

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप दिलाउने घोषणा गर्नुभएको थियो । देउवा प्रधानमन्त्री भएयता भदौ ५ गतेसम्ममा ४९ लाख ३५ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् […]
कोरोनाबाट थप ३० सङ्क्रमितको मृत्यु

काठमाडौँ, काठमाडौँ उपत्यकामा पछिल्लो समय ६६७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ । कोरोनाबाट थप ३० सङ्क्रमितको मृत्यु पछिल्लो समय देशमा कोरोना भाइरसको […]
आज २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भए

काठमाडौं । पछिल्लो २४ घन्टामा आज नेपालमा २ हजार ७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ९५ हजार ९ सय […]
भेरोसेलको दोस्रो डोज खोप लगाइदै

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो डोज भेरोसेल खोप आज देखी देशैभर लगाईदैछ । पहिलो खोप लगाएको २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुने श्वास्थ्य मन्त्रालयले जनाएको छ । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज […]
सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार […]
चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौं । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याउने […]
उपत्यकामा मात्रै ९९९जना संक्रमित थपिए

काठमाडौँ । आज देशभर ३४ सय २१ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ९ सय ९९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । हिजो ६ सय ३४ जना संक्रमित थपिएका थिए । २४ घन्टामा काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट आज थप २५ […]
कतिले पाए अहिलेसम्म नेपालमा खोप ?

काठमाडौं। नेपालमा अहिलेसम्म १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो डोज […]
कोरोनाबाट थप २४ जनाको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका आज नयाँ २ हजार ७ सय १४ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको छ । आज […]
चीन बाट खोप ल्याउन आजबाट नियमित तीन दिन बिमान जादै

काठमाडौं, ६ साउन – नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन पठाउँदै छ । लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमका अनुसार नेपाल एयरलाइन्स आज, भोलि र शनिबार खोप लिन चीन […]
