नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७

काठमाडौं । पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ । सो अवधिमा ६४९ सङ्क्रमणमुक्त […]
आज ९ सय ११ जना संक्रमणमुक्त भए

काठमाडौं । कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज नेपालमा कोरोनाका ३ सय ७२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १२ हजार १ सय ९४ पुगेको स्वास्थ्य […]
आज नेपालमा कोरोना भाइरसका ६ सय ६२ जना संक्रमित थपिए

काठमाडौं। आज नेपालमा कोरोना भाइरसका ६ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, आज ७ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८४ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार […]
ललितपुर महानगरपालिकाद्वारा नियमित एन्टिजेन्ट परीक्षण

ललितपुर महानगरपालिकाले एन्टिजेन्ट परीक्षण सम्बन्धी सुचना प्रकाशन गरेको छ । कोरोना भाईरस रोकथाम लाई ध्यानमा राखी सङ्क्रमण ब्याक्ती को सम्पर्क रहेका ब्याक्तीहरु र कोरोना भाईरस सँग मिल्दोजुल्दो लक्षण देखापरेका ब्याक्तीहरु लाई लक्क्षीत गरी यो कार्यक्रम ल्याउन लागेको महानगरपालिकाले जानकारी गराएका छन । परीक्षण यही असोज १० गते देखी सार्बजनीक बिदा वाहेक नियमित रुममा सन्चालनमा ल्याएको […]
चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने

काठमाडौं। । चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो । छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान […]
सवा तीन करोड खोप आउने निश्चित

काठमाडौं । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ । विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका […]
बालबालिकालाई दशैँलगत्तै खोप

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउने कोरोनाविरुद्धको खोप दशैँपछि तत्काल आउने बताएका छन्। फाइजर कम्पनीले उत्पादन गरेको खोप दशैँलगत्तै आउने उनको भनाई छ । कोरोना महामारीको सम्भावित तेस्रो लहर र त्यसको जोखिममा बालबालिका पर्न सक्ने आकलन भइरहेकाले १८ वर्षमुनिका बालबालिकाका लागि खोप अनिवार्य छ, राज्यमन्त्री श्रेष्ठले भने। कान्ति बाल अस्पताललाई चु जी […]
भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए । उपत्यकामा हिजो (मङ्गलबार) सम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या […]
७९ लाखले लगाए पूर्ण खोप

काठमाडौं । नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ । त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ । पूर्ण मात्रा खोप लगाउने र […]
काभ्रेका चार स्थानीय तह कोरोनामुक्तभए

काभ्रे। जिल्लाका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक/एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी […]
