यसालिपनि एसईई मा ९०% अंक ल्याउने विध्यार्थिहरु प्रसस्त

काे भिड १९ महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ। यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा […]

खोटाङको नाम राख्दै “सिर्जनशील बाल प्रतिभा प्राेत्साहन पुरस्कार २०७७” बाट आश्रुती ओझा सम्मानित

खाेटाङ। पुर्बि नेपालकाे खाेटाङ जिल्लामा २०६७/०५/२५ मा बुवा रबिन्द्र ओझा तथा आमा जानकी बराल “जो अहिले नर्भिक अस्पतालको बेडमा आफ्नो रोग सङ लडिरहेकि छन् ” उहाको काेखबाट जन्मिएकि आश्रुती ओझा जाे KMC School बुद्धनगर स्थित कक्षा -६ मा अध्यनरत छिन। आश्रुती ओझाले अनतरीक्षकाे अध्ययन सम्बन्धि अभिरुचि देखाई साे कार्यमा विशेष अध्ययन गरेकाेमा असाधारण प्रतिभाकाे कदर […]

कक्षा १२ को परीक्षा साउन अन्तिम साता हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा।चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए […]

शिक्षकहरु खोपको प्राथमिकतामा छैनन् – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौं। सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्रीसमेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको […]

एक सचिव पदका तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एकलाई सचिवमा […]

कोरोनाको तेस्रो लहर आएपनि अब त्रिभुवन विश्वविद्यालयका परीक्षा नरोकिने !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ। कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए। “कोरोना भाइरसको […]

पैसाको लागि नैतिकता बिक्रीमा : प्रधानाध्यापकको विरुद्दमा सहायक प्रधानाध्यापक प्रहरी चौकीमा

काठमाडौ, पैसाको लागि मान्छे कतिसम्म तल झर्न सक्छ भन्ने अनुमान लगाउन गाह्रो छ। हामीलाई लाग्न सक्छ पिछडिएको समाज र शिक्षाबाट बन्चित व्यक्तिहरु त्यस्तो मामिलामा अलि अघि सर्लान। अझ पढेको र शहरी समुदायका व्यक्तिहरु लिने भन्दा अरुलाई सहयोग गर्ने तर्फ केन्द्रित हुन्छ भन्ने लाग्न सक्छ। शिक्षा जस्तो पवित्र क्षेत्रमा नैतिकता र अनुशासन पढाउने शिक्षक नै पैसाको […]

रोकिएको लोक सेवा आयोगको परीक्षा दशैँअघि नै हुने

काठमाडौं। लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी […]

साउन १५ भित्र एसइईको नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षाबोर्ड

असिम कामु मगर सानोठिमी । यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ। विद्यालयले गरेको […]

उच्च शिक्षामा शैक्षिक सुधार कार्यक्रम

काठमाडौं। आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा समेत सञ्चालन हुने भएको छ । विद्यालय तहमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उच्च शिक्षामा नयाँ आर्थिक वर्षदेखि विस्तार गरिएको हो । चालू आर्थिक वर्षदेखि विद्यालय तहमा कार्यान्वयनमा ल्याइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षा अध्यापन गराउने क्याम्पसमा समेत लागू गरिने भएको हो । विश्वविद्यालय […]