न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ । विभिन्न उद्योगबाट उत्पादित नमुनाको सङ्कलन गरी जाँच गर्दा मापदण्ड अनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ […]
देशभर ५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त

काठमाडौ । सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै छ । सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारी रिक्त हुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । लोक सेवा आयोगले तयार गरेको परीक्षाको […]
भक्तपुरको सल्लाघारीमा गुडिरहेको बसमाथि रुख बज्रँदा तिनकाे मृत्यु

काठमाडौं । विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो। तर, उनको त्यो […]
इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा छलफल

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग नम्मर प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो। मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भने, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर […]
आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

काठमाडौं । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार अन्त्य गर्ने, […]
आज निवर्तमान अर्थमन्त्री शर्मासँग छानबिन समितिले छलफल गर्ने

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाएको छ। नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समितिले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ। जेठ १४ र १५ गतेको […]
त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध

काठमाडौं। प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको छ । यस्तो कारबाही गरिएका सबै जना करार सेवामा कार्यरत अध्यापक रहेको त्रिविले जनाएको छ । परीक्षासम्बन्धी गोपनीयताका […]
आर्थिक दैनिकको कार्यालयमा पत्रकारमाथि कुटपिटको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय प्रेस विरोधी कार्य भएको भन्दै विरोध जनाएको हो । महासंघले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘महासंघ प्रेस विरोधी यस्ता कार्यमा संलग्न […]
दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो

काठमाडौँ । तिन दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन्। राजकुमार मोक्तुमलाई विमानस्थल प्रसाईंले स्वागत गरेका थिए। बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका […]
राजेश हमालले काटे १८ औं जन्मदिन लेखिएको केक

काठमाडौँ । अभिनेता हमालको ५८ औं जन्मदिनको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमकामा भिडियो ‘गुन्द्रुक तिउन’ गीत सार्वजनिक गरिएको छ । जसको सार्वजनिक हमालले नै गरेका थिए । ससुराली रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो टिमको तर्फबाट हमालको जन्मदिनको केक समेत काटिएको थियो । जसमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो ।
