पहिलो योजना एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो। भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर […]

दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन । दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको […]

इच्छाराजकी श्रीमती सिर्जनाको नाममा अस्वाभाविक सम्पत्ति

सिभिल सहकारी ठगीको मुख्य योजनाकार इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङले सरकारी जागिर अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको प्रतिवेदनमा उनको नाममा अर्बभन्दा धेरै सम्पत्ति रहेको खुलेको छ । सिआइबीका अनुसार सिर्जना नेपाल सरकारको ओभरसियर हुन् । उनले २१ भदौ ०४६ मा सरकारी सेवामा […]

एमसीसी अनुमोदन गर्न अमेरिकाको घुमाउरो दबाब

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । ऊर्जा र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता गरेको चार वर्ष पूरा भइसक्दा पनि दलहरूबीच मतभेद हुँदा संसद्बाट पास हुन सकेको छैन । अमेरिकाले सडक पूर्वाधार […]

कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित

काठमाडौं। नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल भएका हुन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर निवासी चटौत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् । चटौत गिरिजाप्रसाद कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए […]

शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

काठमाडौं। शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले […]

मुलुकभर १ खर्ब ८५ अर्बका ८३ हजार उद्योग दर्ता

काठमाडौं । कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७/७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि बढेको छ । विभागले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार […]

सर्वदलीय बैठकमा एमसीसीबारे बहस, एक्लियो कांग्रेस

काठमाडौं। अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सरकारले संसदमा पेस गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा विरोध भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्‍मा एमसीसी पेस गर्ने संकेत गरेपछि सत्ता गठबन्धनका नेताहरुले नै बिरोध गरेका हुन् । बैठकमा सहभागी नेमकिपा सांसद प्रेम सुवालले दिएको […]

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आयोगले पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम राखेको छ भने २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको […]

बहुमतको सरकार निर्माणमा जुट्न देउवाकोआह्वान

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीले कांग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताए। […]