पशुपतिमा सङ्ग्रहालय बनाइने

काठमाडौं। राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे? पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका लागि कोषले पशुपति क्षेत्रको महास्नान घरमा नै सङ्ग्रहालय स्थापना गर्ने भएको छ । त्यसका लागि कोषले ठ्याक्कै मिति भने तय […]

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश योजनामा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित अधिकांश योजनामा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्तीलगायत विकास काममा अनियमितता भएको भन्दै स्थानीयले उजुरी दिएका हुन् । वडा ८ बुवालुङको खावाडाडाँस्थित एकीकृत वस्ती अनियमिततापछि अलपत्र परेको भन्दै छानविन र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल समक्ष उजुरी […]

८० वर्षपछि पहिलोपटक घटेको नेपालको जनसंख्या वृद्धिदर

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । […]

राष्ट्रिय सभातर्फ १९ पदका लागि भएको निर्वाचनमा एमालेको पोल्टामा १ गठबन्धनका १८

काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमध्ये १८ पदमा पाँच दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित बनेका छन् । १९ पदका लागि सातै प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य चुन्न मतदान भएको थियो । जसमध्ये एक सिट मात्रै नेकपा एमालेको पोल्टामा गएको हो । निर्वाचन आयोगका अनुसार प्रदेश एकमा तीन सदस्य चुन्न भएको […]

सि के राउतको पार्टीमा अशिमित उग्रता

जनकपुर । जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साह बर्दिबास जाँदै थिए। जनकपुरधामको पिडारी चोक पुग्दा फट्टा बोकेका हुलले उनी सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी तोडफोड गर्‍यो। डा सतिशको अनुहारमा गम्भीर चोट लाग्यो। प्रहरीले डा साहलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍यायो। उनको अनुहारमा गहिरो चोट लागेर आठ वटा टाँका लगाइएको छ। […]

मिर्गौला बेचेर किताब छाप्न हिडेका राई , जसले विश्वकिर्तिमान राखे

काठमाडौँ । रक्ष कुमार राई (अभियान) कुनै बेला माओवादी लडाकु थिए । अहिले उनको परिचय यतिमा मात्र सिमित छैन । लेखक र विश्व किर्तिमानीका रुपमा उनले आफ्नो परिचय स्थापित गरिसकेका छन् । ट्याम्केमयुम गाउपालिका, छिनामखु २ भोजपुरका अभियानको पृष्ठभुमि थाहा पाउन बिगत कहालि लाग्दो छ । त्यो थाहा पाउन भोजपुर नै फर्किनु पर्छ । उनी सानो […]

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं। निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रहले गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनको मिति सरकारलाई सिफारिस गरिसकेको भन्दै तत्काल मिति तोक्न आग्रह गरेको हो । आयोगले ८ कात्तिकमा नै प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनका संवैधानिक र कानुनी व्यवस्था जानकारी गराएको पनि जनाएको छ । यस्तै ९ पुसमा पुनः प्रधानमन्त्रीलाई भेटेर निर्वाचनका लागि […]

बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने छैन

काठमाडौं। उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ । सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाइ उत्पादकहरूको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गरेको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको […]

बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु

काठमाडौं। बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो । ध्वस्त संरचनाको पुनर्निर्माणको काम यसअघि […]

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

मुगु ।छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक लिउडीगाउँमा गाडी पुगेको थियो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना […]