ललितपुरबाट नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौं । ललितपुरबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए । पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भई झरूवासी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ का २१ वर्षीय भुपाल विक छन् […]
नवलपरासीको बर्दघाटबाट ९ लाख ४६ हजार मूल्य बराबरको अवैध लत्ताकपडा बरामद

जगत ठाडा मगर नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका – २ बाट प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी सहायक निरीक्षक सुमान सिंह थापाको कमाण्डमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा लत्ताकपडा बरामद गरेको हो । प्रहरीले थान कपडा ३३ मिटर, थानको कपडा ९६ मिटर, कुर्ता […]
इङवा हाइड्रोपावरकाे आईपिओ निष्काशन

काठमाडौं । इङवा हाइड्रोपावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गरेको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ । यस आईपिओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले १८ […]
नवलपरासीमा अबैध चिनीसहित ट्रक नियन्त्रणमा

जगत ठाडा मगर नवलपरासी, बैशाख १३ । भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल ल्याईएको अबैध ठूलो परिणामका चिनी ट्रकसहित पश्चिम नवलपरासीको बर्दघाटबाट नवलपरासी प्रहरीले नियन्त्रणमा लिईएको छ । प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार साझ ५:५० बजे बर्दघाट नगरपालिका- ४ टिसिएन चोकस्थित पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई ईलाका प्रहरी […]
ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले स्थानीयलाई ६ लाख कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि एक लाख २० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ६८ […]
एनएमबी बैंकको नेपालमै पहिलो हेजिङ कारोबार

काठमाडौं । एनएमबी बैंकले नेपालकै पहिलो हेजिङ कारोबार सम्पन्न गरेको छ। बैंकले ‘द करेन्सी एक्सचेञ्ज फण्ड’ (टिसिएक्स) अम्स्टर्डम र ‘एमएफएक्स करेन्सी रिक्स सोलुसन, वासिङ्टन’ सँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकमको हेजिङ कारोबार गरेको बताएको छ। नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ उपकरण टिसिएक्सले उपलब्ध गराएको र सो सम्बन्धी कारोबार […]
निगमले तीनवटा जहाज किन्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले तीनवटा जहाज किन्न सात सदस्यीय उपसमिति गठन गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलकाअनुसार दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई कनेक्टिभिटी वढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्ययोजना अघि वढाउन निगम व्यवस्थापनको उप समिति गठन गरेर प्रक्रिया सुरु भएको […]
एनआईसी एशिया बैंक रुपन्देहीमा तालाबन्दी

भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा तालाबन्दी भएकाे छ । बैंकले ज्यादती गरी करोडौंको सम्पत्ति नियतबस लिलामी प्रक्रियामा लगेको भन्दै सेवाग्राही र व्यवसायिकसंस्थाहरुले तालाबन्दी गरेका हुन् । स्थानीय पर्यटन तथा होटल व्यवसायी उमाशंकर मिश्राको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता […]
राजस्व असुलीमा रु साढे पाँच अर्बले न्यून

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा रु साढे पाँच अर्बले न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व सङ्कलन रु तीन खर्ब ३७ अर्ब १० करोड २० लाख बराबर छ । गत आवको सोही अवधिमा सरकारले रु […]
राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुखसहित चारजनाविरूद्ध मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुखसहित चारजनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश प्रसाद पोखरेल, गम बहादुर विश्वकर्मा, नायव सुब्बा मदन प्रसाद गुप्ता, लेखापाल नागेन्द्र प्रसाद चौधरी उपर आज विषेश अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । मालपोत कार्यालय, […]
