वडाध्यक्ष चौहानद्वारा नगरपालिको २०८०/८१ नीति तथा कार्यक्रम बजेट बहिष्कार

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका ८ नम्बर वालुङका वडाध्यक्ष लिला कुमार चौहानले २०८०/८१ नीति तथा कार्यक्रम बजेट दोस्रो बैठकको सुन्य समयमा बोलेर बहिष्कार गरेका छन् । सोमबार होटल ईन्द्रेणीमा पत्रकार सम्मलेन गर्दै नीति तथा कार्यक्रम बहिष्कार गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नवौ नगर सभा नीति कार्यक्रम पास भए नगरबासीको हितमा नरहेको जनतालाई […]
संघीय संसद्का दुवै सदनबाट बजेट पारित

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। […]
आजबका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसा तथा […]
कुमारी बैंकका ग्राहकहरुलाई वर्ल्ड कम्युनिकेशनकाे सेवाहरुमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र वर्ल्ड कम्युनिकेशन लिमिटेड बीचमा बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वर्ल्ड कम्युनिकेशनका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको बैंक जनाएको छ । बैंकका अनुसार यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरु मध्ये वर्ल्ड कम्युनिकेशनको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले १५५ सम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूले ५५ छुट पाउनेछन् । यो छुट […]
व्यवसायी गुरुङ पक्राउबारे निजी क्षेत्रका तीन छाता संगठनकाे आपत्ति

काठमाडौं । ललिता निवास प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ पक्राउबारे निजी क्षेत्रका तीन छाता संगठनले आपत्ति जनाएको छ । उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल नेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै कोही पनि व्यवसायीलाई दोषी ठहर नहुँदै लगेर थुन्ने कामप्रति आपत्ति जनाएका हुन् । भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङसहित विभिन्न व्यवसायीलाई दोषी ठहर नहुँदै […]
अनुदान राेक्का बिरुद्द स्थानियतहका प्रतिनिधिहरुले आज सिंह दरवार घेर्ने

काठमाडौँ। स्थानीय तहका जनप्रतिनिधिले आज मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्ने भएका छन् । सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ । स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । सरकारले स्थानीय तहलाई यसअघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान यस […]
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटाैँडा। बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित गरिएको हो । […]
राेकियाे ग्वार्खाेकाे फ्लाई ओभर निर्माण

काठमाण्डाै। ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको काम रोकिएको छ । निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माणका लागि थालिएको काम रोकिएको हो । तर, साे फ्निलाईओभर निर्माणका लागि सडककाे कालोपत्रे उप्काइएको छ । सडकबीचमा राखिएको डिभाइडर पनि हटाइएको छ । पाँच महिनाअघि गएको माघ २८ मा फ्लाइओभर निर्माणको काम […]
आजका लागि विदेशी विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७० पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । […]
घट्याे पेट्राेलियम पदार्थकाे मूल्य ( सुचिसहित )

काठमाडौँ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । […]
