घट्याे सुनकाे भाउ

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलाको एक हजार तीन […]

एक्सचेन्जमा ३० हजार उपहार सहित ग्रुपकाे दसौं अफर

काठमाडौं । नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्ट हरु बिक्री वितरण ल्याएको जनाएको  छ। दुईपांग्रे इलेक्ट्रिक बिक्रेता कम्पनी लेभनिङले दशैं स्किम सार्वजनिक गरेको छ । कम्पनीले ‘शो रुम आयो, लेभनिङ पायो’ नामक दशैं स्किम सार्वजनिक गरेको हो । लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता […]

महेशपुर भन्सार नाका हुँदै  भित्र्याएको साढे नौ लाख बराबरको पटका पश्चिम नवलपरासीबाट बरामद

बुटवल  । पश्चिम नवलपरासीबाट साढे नौ लाख बराबरको  पटाका बरामद गरिएको छ ।  सशस्त्र प्रहरीले मंगलबार जिल्लाको रामग्रामबाट प्रदेश ३००१ च ११३८ नम्बरको पीकअप र चालकसहित साढे नौ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो । भारतबाट महेशपुर भन्सार नाका हुँदै  भित्र्याएको पटका बिक्रीका लागी लग्ने क्रममा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका नायव […]

चाडपर्वको मुखमा जिराको मूल्य आकासियो

काठमाडौँ ।  एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपैयाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा ८ सय रुपैयाँले बढेर हाल बजारमा १ हजार २ सय ५० देखि १ हजार ४ सय रुपैयाँको हाराहारीमा पुगेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा […]

तलब दिन नसकेपछि वीर अस्पतालका कर्मचारीलाई हटायौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिएका छन् । मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तलब खुवाउन नसकेपछि कोभिड प्रयोजनमा नियुक्त गरिएका वीर अस्पतालका कर्मचारीलाई हटाएको जानकारी बताएका हुन् । स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार मन्त्रालयले वीर अस्पतालमा […]

सेयर बजार १९.०६ अंकले घट्यो

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त बनिरहेको छ । यस दिन नेप्से सूचक १९.०६ विन्दुले घटेर १८८९.५९ अंकमा आएको छ । सबै समूहका सूचक घट्दा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजार निरन्तरजसो घट्दै पुनः १८ सयकै लाइनमा […]

अरुण काबेली पावरले २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमा बेच्ने

काठमाडौं । अरुण काबेली पावरले असोज ३० गतेदेखि २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । […]

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।  यसले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर तथा नगद लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा […]

आज देखी सस्तो पसल सञ्चालनमा

  काठमाडौं । सरकारले आज देखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गरेकाे छ । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरिमा ३५ स्थानमा बिक्री स्थल राखिने छ । जसअनुसार काठमाडौं उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलियत पसल राखिएको छ। यसैगरी, सिराहा, जनकपुर, पर्सा, […]

आजका लागि विदेशी बिनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २२ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ७१ पैसा र बिक्री दर १४१ रुपैयाँ ३४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद […]