घट्याे पेट्राेलकाे भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले एक विज्ञप्तिमार्फत जानकारी गराएकाे छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर पाँच रुपैयाँ घट्दा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना […]
ओलीकाे सपना पूरा हुँदै , पाईपलाईनबाट डिजेल

काठमाडौं । जमिनमुनिबाट सिधैं डिजेल र पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७–८ वर्षअघिसम्म ‘हावादारी’ भन्ने गरिन्थ्यो । तर, जमिनमुनिबाटै नेपालको तेल भण्डारण केन्द्र अर्थात् बारा अमलेखगन्ज डिपोसम्म पाइपबाटै डिजेल ल्याउन सुरु गरिएको पाँच वर्ष भएको छ । ‘पाइपबाट ग्याँस र पाइपबाट तेल’ भन्ने सुन्दा केहीले यो ‘असम्भव’ भनी उडाए । पानीजहाजको कुरामा अझै […]
बिदेशी मुद्राकाे दर भाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री […]
भदाै १५ भित्र एकमुष्ट शुल्क नतिरे एनसेलकाे नबिकरण खारेज गरिने

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक एनसेललाई लाइसेन्स नवीकरण शुल्क एकमुष्ट रूपमा भुक्तानी गर्न पत्र पठाएको छ । प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार बिहीबार पत्र पठाइएको जानकारी दिइएको छ । एनसेलको लाइसेन्स अवधि आगामी भदौ १५ गते समाप्त हुँदैछ । कम्पनीले एक साता भित्र १९ अर्ब रुपैयाँ नवीकरण शुल्क नतिरेमा कानुनअनुसार स्वतः खारेज हुने […]
विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता पाउने

काठमाडौं । विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैं भत्ता पाउने निश्चित भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यसबारे जानकारी गराएका हुन् । त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गरेका छन्। प्राधिकरणमा […]
इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ कराेडकाे छात्रवृत्ति दिँदै नेक

काठमाडाैं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेड बढीकाे छात्रवृत्ति छुट्याएकाे बताइएकाे छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकाेत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ कराेड बढीकाे छात्रवृत्ति प्रदान गरिएकाे जानकारी दिइयाे । चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि […]
घट्याे सुन चाँदीको भाउ

काठमाडौँ। आज बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४८ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १७ सय १५ […]
ग्लोबल आइएमई बैंकको २२ स्थानमा सञ्चालित शाखारहित बैंकिङ सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्थानमा सञ्चालित शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले एक सूचना जारी गर्दै देशका विभिन्न २२ स्थानमा रहेका शाखारहित बैंकिङ सेवाहरु यहि साउन १७ गतेदेखि बन्द गरिएको जानकारी दिएको होे । सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर ती स्थानमा सञ्चालित शाखारहित बैंकिङ सेवा बन्द […]
बजार व्यवस्थापन समिति धरमपुरद्वारा आय-व्याय सार्वजनिक

झापा। धरमपुर बजार व्यवस्थापन समितिले शनिबार आय-व्यायसहितको बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । धरमपुर चौकस्थित सार्वजनिक सौचालयसहितको मिनी पार्कमा बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०८०। ८१ को आय-व्यायको बिबरण सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीले आर्थिक बर्ष २०८०। ८१ मा कुल आम्दानी रु १०,०४७२६.८२ र खर्चतर्फ रु ५,५६,७९९ भएको […]
छत्रदेब गाउँपालिकाकाे बजेट संसद्कै झल्को दिने

काठमाडौं । अर्खाघाचीको छत्रदेब गाउँपालिकामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत,संसद्कै झल्को दिलाएको अध्यक्ष श्रेष्ठको प्रतिक्रिया । देशभरिका स्थानीय तहमा नयाँ आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत हुन सुरु भए संगै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले पनि नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष […]
