वाणिज्य बैंकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूका लागि सात वर्ष अवधिको ६ दशमलव १० […]
भु-माफिया सँगकाे मिलेमताेमा कानुन अधिकृतकाे सरुवा गर्दै केभिडिए आयुक्त ढकाल

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले कानुन अधिकृत घनश्याम पौडेललाई अवैध रूपमा सरुवा गरेकी छन् । उनले यसअघि गत असार ३ गते नै प्राधिकरण ऐन विपरीत कानुन अधिकृत पौडेललाई भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको प्रमुखमा सरुवा गरेकी थिइन् । यद्यपि प्राधिकरणकी आयुक्त ढकाललाई कानुन अधिकृत सरुवा गर्ने अधिकार नरहेको भन्दै उनी […]
काठमाडौं जिल्लामा मात्रै एक लाख रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमित भएको छ : आयुक्त बस्नेत

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त शुभाष बस्नेतले काठमाडौं जिल्लामा मात्रै एक लाख रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमित भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यसरी जग्गा अतिक्रमित गर्नेहरुमा शक्तिशाली मान्छेहरु रहेको बताएका हुन् । एक लाख रोपनी अतिक्रमित जग्गामध्ये सुकुम्बासी बस्तीले […]
बाबु आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह हक लाग्ने

काठमाण्डौ । सर्वोच्च अदालतले बाबु आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह हक लाग्ने व्याख्या गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले सौतेनी आमा र अर्कोपट्टिबाट जन्मेको छोराको हकबारे विस्तृत व्याख्या गरेको हो । २०८१ सालको चैतमा भएको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै सार्वजनिक गर्दै सौतेनी र आफ्नो छोरा […]
ब्यापारी बिनाेद चाैधरीकाे व्यापारी पार्टनर विक्रमसिंघे पक्राउ

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन् । सरकारी कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई राजधानी कोलम्बोको फोर्ट अदालतमा पेश गरिँदै छ । सन् २०२३ सेप्टेम्बरको बेलायत भ्रमणताका राज्यकोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् । क्युबाको राजधानी हवानामा भएको कार्यक्रममा भाग लिएर सेप्टेम्बर महिना फर्कंदै गर्दा उनी बेलायतको राजधानी लण्डनमा रोकिएर […]
२ अर्ब २० करोड रुपैयाँको बजेट ल्याउने तयारीमा धरान उपमहानगरपालिका

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। लामो समयदेखि रोकिएको बजेट प्रक्रिया अघि बढेसँगै उपमहानगरले बजेटको आकार तय गरेको हो । उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष मनोज कुमार भट्टराईका अनुसार, बजेटको स्रोत तथा सीमा निर्धारण समितिले बजेटको सिलिङ टुङ्ग्याएर वडा तहमा पठाइसकेको छ । […]
रुपन्देहि उपनिर्वाचनमा भागलिन यस्ता लद समेत दर्ता, घुस्याहा सनपा पनि सामेल

काठमाडौ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबार (२ भदौ)को निर्णयअनुसार दर्ता गरिएको जनाइएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार नेपालको […]
डीडीसीमा रिक्त रहेको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को रिक्त रहेको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट उक्त पद पूर्ति गरिने जनाएको हो। मन्त्रालयले जारी गरेको सूचनाअनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। […]
पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गर्ने निर्णय

काठमाडौं । रुपन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानाएको छ। लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन […]
आ-आफ्ना ग्रहकहरुलाई बैंकिङ सुबिधा दिने लिने बिषयमा साँग्रिला र ग्लाेबल बिच सहमति

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् । […]
