थप ९८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६४ पुगेको […]
काठमाडौं उपत्यकामा २६ हैजा संक्रमित

काठमाडौ । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुगेको छ । असार २ गतेदेखि देखिएको हैजा संक्रमण बिहीबारसम्म आइपुग्दा २६ जनामा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी क्षेत्र हैजाको रेड जोनमा रहेको छ । नगरपालिकाको वडा नम्बर ४,६, ७ र ९ मा गरी ८ जनामा […]
के हो नाइरोबी फ्लाई ? यसका लक्षणहरु

काठमाडौं । नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातीको किटाणु (किरा) हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भन्छिन् । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिने अस्पतालका छालारोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले बताउँछन् । चिकित्सकहरुका […]
उपत्यकाका ९ ठाउँमा हैजा देखियो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि […]
भारतमा सङ्क्रमण बढ्दो, १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका […]
ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’ भेटियो

काठमाडौं । नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति भेटिएको परीक्षणमा सहभागी चिकित्सकहरुले बताएका छन् । दक्षिण अफ्रिकामा उत्पत्ति भई युरोप, अमेरिका र जर्मनीमा बढ्दै गइरहेको बीए फाइभ नेपालमा भेटिएसँगै ओमिक्रोनको नयाँ प्रजाती फैलिरहेको सहजै […]
काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, नआत्तिन उनको […]
काठमाडौँ उपत्यकामा हैजाको प्रकोप बढ्यो, १४ जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । यो सँगै असार २ गतेदेखि असार १५ गतेसम्म काठमाडौंमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका अनुसार हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना पुरुष रहेका छन् । काठमाडौंमा उपत्यकामा हैजा फैलनुको […]
के हो हैजा ? यसका हैजाका लक्षणहरु

काठमाडौं । पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने चिकित्सकहरू बताउँछन् । के हो हैजा ? हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ । सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको […]
हैजा नियन्त्रणका लागि हटलाइन टेलिफोन सञ्चालनमा,सडकमा खानेकुरा बेच्न रोक

काठमाडौं । हैजा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सजिलो होस् भनेर महानगरपालिकाले आजदेखि २४ घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको जनाएको छ । नागरिकलाई समस्या परे ११८० नम्बरमा फोन गरेर जानकारी लिन आग्रह गरिएको छ । महानगरपालिकाले हैजा दूषित पानी र […]
