कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु

पर्सा । पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो । सङ्क्रमित […]

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार २७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार २७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका तीनै जिल्लामा गरी कुल ५ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर भने १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि […]

मधेश प्रदेशमा पछिल्लो २४ घण्टामा १७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । मधेश प्रदेशमा पछिल्लो २४ घण्टामा १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मधेशका विभिन्न अस्पतालमा भएका परीक्षणमा १७८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याँकअनुसार ३२६ जनामा परीक्षण गर्दा १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ६६ जनामा परीक्षण गर्दा […]

मास्क नलगाउनेलाई उपत्यकामापनी जरिवाना

काठमाडौं। कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनहरूले अनुगमन र कारबाही थालेका छन् । अनुगमनका क्रमममा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाहीसमेत गरिएको छ । त्यस्तै कोभिड सङ्कटको मौका छोपेर कालोबजारी गर्ने, अत्यावश्यक औषधि लुकाउने, महँगो मूल्यमा बिक्री गर्ने र खाद्यान्नलगायतका मूल्य बढाउनेविरुद्ध पनि स्थानीय प्रशासनले अनुमगन सुरु गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय […]

उपत्यकामा संक्रमितको संख्या व्ह्यात्तै बढ्यो

काठमाडौं। एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये ५४ प्रतिशत बढी काठमाडौं उपत्यकामा देखिएको छ । नेपालमा देशभर बिहीबारसम्म ५७ हजार ३ सय २८ जना संक्रमितमध्ये उपत्यकामा मात्रै ३७ हजार […]

जनगायक जीवन शर्मा कोरोना संक्रमित

काठमाडौं । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । अहिले शर्मा होम आईसोलेशनमा रहेका छन् । उनको स्वास्थ्य सामान्य रहेको छ । बिसञ्चो भएपछि उनी घरमै आराम गरिरहेका थिए र परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । सुरुमा उनलाई ज्वरो आउने, जीउ दुख्ने लगायतका समस्या थिए । तर, अहिले भने उनमा त्यस्तो केही […]

संक्रमण वृद्धिदर तिव्र भएसँगै महामारी भयावह हुने त्रास

काठमाडौं । देशमा कोरोना भाइरसको संक्रमणदर तिव्र गतिमा वृद्धि भइरहेको छ । संक्रमित संख्या दैनिक दोब्बर जसरी बढिरहेको छ ।३ माघमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पत्ता लागेको थियो । आज देशभर संक्रमितको संख्या १० हजार नाघेको छ । उपत्यकामा मात्र ५ हजारभन्दा बढी संक्रमित भएका छन् । २ माघमा ४ हजार […]

आज नेपालमा १० हजार २ सय ५८ जना संक्रमित थपिए

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका १० हजार २ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ६८ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ५ सय ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १७ हजार ५ सय ४७ जना संक्रमणमुक्त भएका […]

आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिए

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ९ सय ८५ जना संक्रमणमुक्त भएका […]

अहिलेका चर्चित मन्त्रि आलेलाई काेराेना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । उनलाई आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आलेले रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेका थिए । सचिवालयका अनुसार उनको पिसीआरका लागि स्वाब समेत दिएका छन् । स्वाबको रिपोर्ट साझसम्ममा आउने बताइएको छ । हाल […]