१० महिनामा ५ लाखले लिए श्रमस्वीकृति

काठमाडौं। चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ। चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९० युवाले वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो संख्या गत वर्षको […]

३९ मेगावाट बिजुली भारत निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वर्षायाम सुरुभएसँगै भारतमा ३९ मेगावाट बिजुली निर्यात गर्न थालेको छ। प्राधिकरणले नेपालमा उत्पादन भएको बिजुली बढी भएर बुधबारमध्यरातिदेखि भारत निर्यात गर्न सुरुवात गरेको हो। प्राधिकरणले नेपालमा खपत नभएर बढी भएको ३९ मेगावाट बिजुली निर्यात गरेको हो। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बुधबार मध्यरातदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न थालेको बताए। […]

सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी

काठमाडौं । इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने द्विविधामा सरकार फसेको उनीहरूको तर्क छ। संसारका धेरै मुलुकमा दुई दिन विदा दिने चलन भए पनि उत्पादकत्व […]

राजस्व न्यायाधिकरणमा नै ८ अर्ब बराबरको चलखेल

काठमाडौं । विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै सबै विवरण माग गरेको छ । धरौटी रकममा सेटिङमार्फत अर्बौँको चलखेल भएको स्रोतको दाबी छ । राजस्व न्यायाधिकरणको काठमाडौँ, विराटनगर, […]

गठबन्धन ताेड्ने माधवकाे चेतावनी

file photo

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए […]

आइतबार बाट घर घरमा मेलम्चिकाे पानी

काठमाडौं  । मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ । प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी […]

फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि

काठमाडौं । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।घरघरबाट निस्कने फोहोरलाई प्रदूषण रहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले गर्न जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ । नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकलप्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई धुँवारहित रूपमा […]

दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब

काठमाडौं। भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ । सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन । अहिले दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा टाँसिएको छ । जबकि केही समयअघिसम्म मात्रै भारतस्थित […]

नेपाल टेलिकम : निर्देशिकाविरुद्धको रिट खारेज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले रिट खारेज गरेको हो तर फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन । प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिकाले प्रतिस्पर्धामा रोक लगाएको भन्दै दायर फरक फरक […]

भएन सुधार बैंकहरुको सीडी रेसियोमा

काठमाडौं। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार गर्न सकेका छैनन् । बैंक वित्तिय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित ९० प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको थियो । तोकिएको भन्दा बढी भएमा बैंक तथा वित्तिय संस्थाहरुले २०७९ असार मसान्त भित्र तोकिएको अनुपात कायम […]