गोलाप्रथाबाट तोकिएको पेसीले न्याए दिनसकेन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनुपस्थितिका कारण अन्योलका बीच सर्वोच्च अदालतमा बिहीबार गोलाप्रथाबाट पेशी तोकिए पनि न्याय सम्पादन हुन सकेन । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उपचार गराइराखेका प्रधानन्यायाधीश जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा पेशी तोक्ने कार्यमा अन्योल उत्पन्न भएको हो । प्रधानन्यायाधीशको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी कसको हो भन्ने प्रस्ट नहुँदा इजलास गठनमा […]
मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय,खोजी कार्यमासमेत तीव्रता

काठमाडौं । उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईले विभिन्न समयमा हराएर फेला परेका दुुई […]
नागरिककाे अरबाैँ संकलनगरि बैँकमा थुपारेर ब्याजखाने काममात्र सामाजिक सुरक्षा

काठमाडौं । निजीक्षेत्रका कामदारका लागि पेन्सन दिन भन्दै सरकारले निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा योजना लागू भएको ३ वर्ष पूरा भएको छ । तर, स्वैच्छिक रूपमा सामाजिक सुरक्षा योजनामा सहभागिता भने अझैसम्म उल्लेखनीय रूपमा बढ्न सकेको छैन करीब ४ वर्षको अवधिमा कोषमा १५ हजार ८ सय ३१ रोजगारदाता र २ लाख ९५ हजार ७ […]
कसरी हुँदै छ त एमाले महाधिवेशनकाे उद्घाटन ?

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ। महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन […]
कांग्रेसको महामन्त्रीपदका लागि अहिलेसम्म आठ जनाले उम्मेदवार बन्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म आठ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् । कांग्रेस विधानमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सो दुई पदका लागि पार्टीभित्रका फरकफरक गुटबीच नै प्रतिस्पर्धा हुने […]
विश्व सम्पदा सूचीमा सूचीकृत नौतले दरबार पुनर्निर्माण अवरुद्ध

चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले गति लिन सकेको छैन ।चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनर्निर्माण कोरोना शुरू हुनुअघि नै ८० प्रतिशत काम सकिएको प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले बताएको […]
राजश्व चुहावटराेक्न (भीसीटीएस) लाई थप प्रभावकारि बनाउँदै सरकार

वीरगञ्ज। व्यापारिक गतिविधिलाई पारदर्शी बनाएर राजस्व चुहावट रोक्ने अभिप्रायले लागू गरिएको भेइकल्स एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई थप प्रभावकारी बनाइने भएको छ । भीसीटीएस लागू भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको टिप्पणी भइरहेका बेला राजस्व अनुसन्धान विभागले यो प्रणालीलाई थप कसिलो बनाउन लागेको हो । भन्सारबाट प्रवेश गरेका ढुवानीका साधन र […]
अध्यक्ष उमेवदारि सम्बन्धमा ओलि माैन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १०औँ महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् । उनले महाधिवेशनमा आफू केमा उठ्ने भन्ने कुराको निर्क्योल आमकार्यकर्ता र प्रतिनिधिले गर्ने भन्दै त्यस सम्बन्धमा आफू अहिले मौन रहेको स्पष्ट पारे । एमाले प्रचार विभागले महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार […]
बीपीको सिँचाइ अभियानलाई पूूर्णता दिइने छ : प्रधानमन्त्री देउवा

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले कृषिका दृष्टिकोणले अत्यन्तै उर्वर मानिने सुनसरीको दक्षिणी क्षेत्रमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले २०१५ सालमा सुरु गरेको सिँचाइ अभियानलाई पूूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बीपी कोइरालाले तत्कालीन समयमा चन्दामोहन सिँचाइ योजनाको अवधारणा अगाडि सारेको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री देउवाले सुनसरीका दक्षिणी क्षेत्रका किसानका लागि सुनसरी खोलामा प्रभावकारी सिँचाइको व्यवस्था गर्न सरकारले […]
नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै

काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान […]
