सम्पत्ति विवरण खोइ मन्त्री ज्युहरु?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ । देउवा सरकार भने नैतिक आचरण र […]

राष्ट्रिय सभा निर्वाचन: गठबन्धन मिल्दा एमालेलाई चुनौती

काठमाडौं। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ । २० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ […]

वर्षाले आठ करोड मूल्यको इँटा नष्ट

बुटवल। बेमौसमी वर्षाले रुपन्देहीका इट्टा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इट्टा नष्ट भएको छ । लुम्बिनी इट्टा व्यवसायी संघ भैरहवाका अनुसार गत बुधबार आएको वर्षाले रुपन्देहीका ५२ वटा इट्टा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो । रुपन्देहीमा ५२ वटा इँटा उद्योगमध्ये हाल ४७ वटा सञ्चालनमा छन् । यी उद्योगमा […]

राष्ट्रिय सभाको निर्वाचनमा दुई हजार २५ जना मतदाता

काठमाडौं। सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरे को मतदाता नामावलीपछि नाम, थर सच्याउन र नामावलीउपर दाबी विरोध गर्न तय गरेको […]

३३ प्रतिशत महिला पुर्‍याउन देउवालाई सकस

काठमाडौं। नेपाली काँग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ । अब मनोनित गर्न २३ जना बाँकी छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । […]

प्रक्रिया सुधारिए पनि, सुधारिएन प्रणाली

वीरगञ्ज । भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा परीक्षणका रूपमा लागू गरेको अनलाइनबाटै राजस्व तिर्ने प्रक्रियाको कार्यान्वयनमा समस्या देखिएको छ । सेवाप्रदायकको प्रणालीगत सीमितताका कारण भुक्तानीमा झन्झट थपिएको र भन्सार जाँचपासमा ढिलाइ भएको आयातकर्ताले बताएका छन् । २० लाख रुपैयाँभन्दा बढी राजस्व तिर्नुपर्ने सेवाग्राहीलाई समस्या परेको हो । भन्सार जाँचपासलाई छरितो थप छरितो बनाउन पहिलोपटक […]

चर्चित गायक राजेशपायल राईमाथि हातपात भएको छ

चर्चित गायक राजेशपायल राईमाथि हातपात भएको छ । विशेष सांगीतिक कार्यक्रमका लागि न्यूयोर्क सहर पुगेका उनीमाथि एक युवकले हमला गरेका हुन् । नेपाली समयअनुसार झण्डै बिहान १०ः०० बजे स्टेजमा गाईरहेका राईलाई पछाडीबाट आएका ती युवकले घाटीमा समातेर लडाएका थिए ।जतिबेला गायक राईले ‘मैले मायाले दिएको चिनो, राख्यौँ कि फाल्यौ’ बोलको गीत म्यूजिक ट्र्याकमा गाइरहेका थिए […]

पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने

लमजुङ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’ यही गठबन्धनले स्थानीय ,प्रदेश र केन्द्रीय तहसम्मको […]

प्रदेश नं २ मा पत्रकारका लागि कल्याण कोष स्थापना गरिने

मलङ्गवा । नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक समितिको बैठकबाट रु एक करोडको कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको हो । घोषणापत्रमा पत्रकारिता पेशालाई मर्यादित बनाउन […]

प्रतिनिधिकाे ताराेमा माओवादी नेताकाे सम्पति

काठमाडौं । विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा (माओवादी केन्द्र) को महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । २५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् । र उनीहरुको सुझावको जवाफ […]