सार्वजनिक भयाे भिभाेकाे ” भिभाे वाई १७ एस ” मुल्य कति छ ?

काठमाडौं । भिभोले  वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनीले नवीन तथा आकर्षक विशेषता भएको वाई १७ एस शुलभ मूल्यमा सार्वजनिक गरेको जनाएको हो । यो स्मार्टफोनले प्रयोगकर्ताहरुलाई आकर्षित गर्दै बजारमा हलचल ल्याउने भिभोको दाबी छ । भिभो वाई १७ एसमा मुलभुत रुपमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ […]

स्टार हस्पिटलले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । स्टार हस्पिटल लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । स्टार […]

जुवातास खेलिरहेको अवस्थामा ७ जना प्रहरी पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने ४९ वर्षीय मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं। असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले […]

आजका लागि सुनचाँदीकाे मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख […]

एक कराेड २८ लाखमा बन्याे पुल तर प्रयाेग बिहिन

पाँचथर । पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको ट्रयाक विस्तार गर्ने कार्य द्रुत हुँदा बस्ती, गाउँ, वडा र पालिकालाई जोड्न यहाँका दर्जनौँ खोलामा सडक पुल, कल्भट र कज–वे आवश्यक छ । सडक पुलसहितका पूर्वाधार निर्माणमा पर्याप्त बजेट नभएको गुनासो यत्रतत्र सुनिने गर्छ तर जिल्लामा सडक पुल निर्माण […]

सानिमा बैंकले नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं ।  सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन […]

यी क्षेत्रहरुमा आजदेखि विद्युत् आपूर्ति बन्द हुनेछ ( तालिका सहित )

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं र ललितपुरका केही क्षेत्रमा आजदेखि विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । आज एक सूचना जारि गर्दै प्राधिकरणले काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार […]

आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, […]

आजबाट (आईपीओ) बिक्रि सुरु गर्दै मिड साेलु हाइड्रोपावर

काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । आईपीओमा न्यूनतम १० देखि १० हजार […]